Todays Nepal
No1 Nepal's Complete News Sites

नेपालको जितमा दिल्ली मख्ख, यसरि गर्यो सन्दीपको तारिफ

8,275

आइसिसी एकदिवसीय विश्वकप छनोट खेलिरहेको नेपालले आफ्नो महत्वपूर्ण र समूह चरणको अन्तिम खेलमा हंगकंगलाई पराजित गरेको छ ।

जिम्बाबेमा भएको खेलमा हंगकंगले टस जितेर पहिले ब्याटिंग गर्दै ४८.२ ओभरमा अलआउट हुँदै नेपालसामु १५४ रनको लक्ष्य दिएको थियो । १५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.४ ओभरमा ५ विकेटको जित निकाल्यो।

पहिले फिल्डिंग गरेको नेपालका लागि उत्कृष्ट बलिंग गरेका सन्दीपको दिल्लीले तारिफ गरेको छ । आइपीएलमा छनोट भएदेखि नै दिल्लीले संदीपलाई पछ्याईरहेको छ। आफो टिममा आबद्द भएपछी संदीपका हरेक गतिबिधिहरुलाई दिल्ली डेयरडेभिल्सले निगरानी गर्दै आएको छ ।

दिल्ली डेयरडेभिल्समा आबद्ध भएसंगै सन्दीपले आइपीएलमा खेल्ने मौका पाउछन या पाउदैनन् यो धेरैको चाँसोको विषय पनि बनेको छ । तर दिल्लीले सन्दीपलाई पछ्याएको देख्दा सन्दीपलाई खेल खेल्ने मौका मिल्नसक्ने पनि धेरैको आंकलन रहेको छ ।

सन्दीपले आज गरेको प्रदर्शनलाई प्रशंसा गर्दै दिल्लीले आफ्नो आधिकारी ट्वीटरमा ट्वीट गरेको छ।

यस्तो छ दिल्ली डेयरडेभिल्सले गरेको ट्वीट

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: