Todays Nepal
No1 Nepal's Complete News Sites

इपिएस कामदारको वास्तविक भोगाइमा आधारित चलचित्र कथा कोरियाको ट्रेलर सार्वजनिक

8,795

आगामी अप्रील १५ मा रिलिज हुने फिल्म ‘कथा कोरियाको’ ट्रेलर सार्वजनिक भएको छ । राप्ती समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष बिर कुमार वली र नेप्लिज आर्ट लभर्स ईन कोरियाका अध्यक्ष तथा राप्ती समाज दक्षिण कोरियाका उपाध्यक्ष दिल मोहन पुनको डेब्यु निर्माण गरेको फिल्मको ट्रेलरले ई.पी.एस.मार्फत कोरिया आएका नेपालीहरुको जीवनशैलीमा आधारित प्रत्यक्ष र अप्रत्यक्ष उतार-चढाबलाई समेट्न खोजिएको छ ।

फिल्ममा नायक राम चन्द्र बुढा मगर लाई प्रेममा फसेको प्रष्ट देख्न सकिन्छ। तर प्रेम सँग-सँगै कथाले कस्तो मोड लिन्छ,भन्ने कुरा थाहा पाउन दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ । राज वलीको व्यानरमा दिल मोहन पुन प्रस्तुतकर्ता रहेको फिल्ममा कमल वलीको निर्देशन र कथा लेखन रहेको छ । फिल्ममा रामचन्द्र बुढा मगर,सञ्जु न्यौपाने,शुसील गौतम,ज्योती नेपाली,निर्मल घर्ति मगर,सबिना के सी,बिर कुमार वली,मल्लीका थकाली,सन्तोष जि सी,ऐजेल,सुर्य के सी,अन्जु के सी,अमर छन्त्याल,प्रतिमा छन्त्याल,जगन्नाथ वली,लक्ष्मी लामा गुरुङ,अरुण श्रेष्ठ लगायतका कलाकारको अभिनय देख्न पाईनेछ।

फिल्ममा रमेश जंग थापाको छायांकन,सी.एल शर्मा र छवीलाल भन्डारीको संगीत,मनोजराज,मेलीना राई,रुपक डोटेल,सि.एल. शर्माको स्वर,जागृत के.सी. र दिल मोहन पुनको कोरियोग्राफी, राम प्रसाद चौधरीको सम्पादन,शुन्यमान श्रेष्ठको मिक्सीङ र बिजी.बी. को पोष्ट प्रोडक्सन रहेको छ। कोरियाको व्यस्त समयको सही सदुपयोग गरेर गर्मीमा ४१ डीग्री त जाडोमा माईनस-१७ डीग्री मा पनि छायांकन गरेको फिल्मका कार्यकारी निर्माता रिम बहादुर के.सी. रहेका छन…!

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: