Todays Nepal
No1 Nepal's Complete News Sites

कोरियामा दयाहाङलाई भव्य स्वागत, सुनको औँठी उपहार दिने को ?

7,832

अभिनेता दयाहाङ राई यतिबेला कोरियामा छन् । फिल्म ‘कान्छी’को विशेष प्रदर्शनीमा कोरिया पुगेका राईलाई कोरियाबासी नेपाली तथा आयोजकले भव्य स्वागत गरेका छन् । पहिलो पटक कोरिया पुगेका राईले स्वागत तथा सम्मानसँगै सुनको औँठी उपहार पनि पाए ।

दक्षिण कोरियाको मुख्य शहर सोलको संबु महिला सेन्टरमा ‘कान्छी’ प्रदर्शनको लागि विशेष समारोहको आयोजना गरिएको थियो जहाँ आयोजक किरात राई यायोक्खा दक्षिण कोरियाले रातो गलैँचा बिच्छ्याउँदै ‘रेड कार्पेट स्वागत गर्यो । कोरिया पुगेका जुनकुनै नेपाली कलाकारलाई यो प्रकारले स्वागत तथा सम्मान गरिएको पहिलो दाबी आयोजकको छ । उक्त समारोहमा नै आयोजकले राईको हातमा उपहार स्वरुप सुनको औँठी थमाएको प्राप्त जानकारीमा उल्लेख छ ।

करिब पाँच सयभन्दा बढि दर्शकले भरिएको हलमा दयाहाङ उपस्थित हुँदा सहभागीहरुले उनको सम्मानमा उठेर ताली बजाएका थिए । कोरियाको पहिलो भ्रमणलाई अभिनेता राईले आफूले सोचे भन्दा बढी नै माया र सम्मान पाएको बताए । कान्छीमा दयाहाङ श्वेता खड्काको अपोजिटमा छन् । यो फिल्मलाई आकाश अदिकारीले निर्देशन गरेका हुन् भने श्वेता नै निर्मात्रीमा छिन् । यो फिल्मको कोरियाका विभिन्न शहरमा भिन्न भिन्न मितिमा शोज हरु हुँदैछ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: