Todays Nepal
No1 Nepal's Complete News Sites

३९ हजार मतका साथ राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित

8,785

राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएका छन् । मंगलबार भएको राष्ट्रपती निर्वाचनमा भण्डारी तेस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् ।

भण्डारीको ३९ हजार २७५ मत भार रहेको थियो भने प्रतिद्वन्द्वी कांग्रेस नेतृ लक्ष्मी राईको मत भार ११ हजार ७३० रहेको निर्वाचन कार्यालयले जनाएको छ । ८ सय ८० मत मध्ये ८ सय ६२ मत खसेको थियो ।

मंगलबार बिहान १० बजेदेखि सुरु भएको राष्ट्रपतिको मतदान प्रक्रिया अपराह्न ३ बजेसम्म चलेको थियो । संघीय संसद् र प्रदेशसभाका सदस्यलाई मतदाता बनाएर राष्ट्रपतिको निर्वाचन पहिलो पटक गरिएको हो । यसअघि

राष्ट्राध्यक्षको चयन व्यवस्थापिका–संसद् सदस्यले गरेका थिए । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ गराउने चलन गरेको छ ।

मंगलबारको मतदानमा १८ जना अनुपस्थित रहेका पनि निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: