Todays Nepal
No1 Nepal's Complete News Sites

अस्पताल पुगेर देउवाले भेटे विमान दुर्घटनाका घाइते

8,799

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युएस बंगला विमान दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल पुगेर भेट गर्नुभएकाे छ ।

मंगलबार देउवाले सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाइतेहरुसँग भेट गर्नुभएको हो । उहाँले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुसाई नगर्न आफूले सरकारसँग माग गरिसकेको बताउनुभयो ।

देउवाले दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारका साथै आवश्यक क्षतिपूर्ति दिलाउन सरकासँग पहल गर्ने पनि बताउनुभयो ।

देउवाले दुर्घटना भए लगत्तै एक विज्ञप्ति जारी गर्दै घाइतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न, उद्धार कार्यमा तदरुकता उपनाउन र विभान दुर्घटनाको तत्काल छानविन समिति गठन गर्न आग्रह गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: