Todays Nepal
No1 Nepal's Complete News Sites

BREAKING…फेरि भैरहवामा व्यवसायीमाथी गोलि चल्यो ! गोलि हान्ने बिहारी पक्राउ

9,039

विवेक विश्वकर्मा भैरहवा – रुपन्देहीको सदरमुकाम भैरहवामा व्यवसायीलाई लक्षित गरी गोली प्रहार गरिएको छ । भारतिय मोटरसाईकलमा आएका दुई जनाले भैरहवाका व्यवसायि एवम् सिद्धार्थ उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमति सदस्य हरिष सेठियालाई लक्षित गरी गोली प्रहार गरिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जनाएका छन् ।

उनलाई भैरहवाको हाटबजार स्थीत सेवा पथमा गोली प्रहार गरिएको थियो । उनलाई लक्षित गरी हानिएको गोलीबाट उनी बच्न सफल भएको प्रहरीले जनाएको छ । दुई जनामध्य एक जना भागेको र एक जनालाई स्थानियको सहयोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको प्रहरी प्रमुख ज्ञवालीले जनाए ।

प्रमुख ज्ञवालीले गोली हान्ने व्यत्ति र मोटरसाईकललाई समातेको बताए । भारतिय नागरिकले भारतिय मोटरसाईकलमा आएर उनलाई लक्षित गरी एक राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

व्यवसायि सेठियालाई सिद्धार्थ उद्योग बाणिज्य संघका पदाधिकारीको जिम्मा लगाईएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: