Todays Nepal
No1 Nepal's Complete News Sites

खुकुरी र गोलीबाट आक्रमणमा परेका मेयरको अवस्था गम्भिर । कसरी घट्यो घटना ?

9,029

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चोधरीमाथि गोली प्रहार भएको छ । सोमबार राति ८ः३० बजे मोटरसाइकलमा आएको नचिनेको समूह निवासमै उनलाई गोली प्रहार गरेको कैलालीका प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयो । १०/१२ जनाका संख्यामा आएको नचिनेको समूहले चौधरीको घरमै आएर गोली र खुकुरी प्रहार गरेको प्रहरी प्रमुख घिमिरेले जनाए ।

चौधरीको टाउकोमा खुकुरी प्रहार र खुट्टामा गोलीको छर्रा लागेको छ । उपचारका लागि घोडाघोडी अस्पतालमा पु्र्‍याइएका उनलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । मेयर चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चौधरीलाई घोडाघोडीमा केही दिन पहिले भएको बोक्सी काण्डमा दोषीको बचाउ गरेको आरोप छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: