Todays Nepal
No1 Nepal's Complete News Sites

यति सुन्दर महिला सांसद, प्रधानमन्त्री देखि सांसद नै भुतुक्कै, पूरा पढ्नुहोला

9,158

श्रीलंकाकी प्रमुख विपक्षी युनाइटेड नेसनल पार्टीकी सदस्य रोजी सेनानायके दुई दशकदेखि राजनीतिमा आबद्ध छिन् ।

उनी राष्ट्रसंघको गुडविल एम्बास्डर र मलेसियामा श्रीलंकाको हाइकमिसनरको रूपमा काम गर्दै आएकी छिन् । राजनीतिमा उनको पृथक् पहिचान भए पनि श्रीलंकाको संसद्का पुरुष सांसदले उनलाई वेलावेलामा संसद्को सुन्दरीका रूपमा चित्रण गर्ने गरेका छन् ।

एकपटक रोजीले संसद्को नियमित गतिविधिबारे जवाफ दिने क्रममा यतायातमन्त्री कुमारा वेलगामाले आफू रोजीको सौन्दर्यबाट प्रभावित भएको भन्दै रोजीलाई संसद् भवनभित्रै लाजमर्दो बनाएका थिए ।

‘सुन्दर रानीले उठाएका प्रश्नको उत्तर दिन मलाई निकै खुसी लागेको छ’, यातायात मन्त्रीले भनेका थिए । रोजी पूर्वविश्वसुन्दरीभन्दा कम नभएको ती मन्त्रीले बताएका थिए ।

‘तिमी यति सुन्दर महिला छौ कि म संसदमा मेरो भावना अभिव्यक्त गर्न सक्दिनँ । तर, संसद्बाहिर मैले तिमीलाई भेटेँ भने म वर्णन गर्नेछु, मेरा चिन्तनहरू विनाशकारी बन्दै छन् तर, सार्वजनिक रूपमा मैले ती विचारलाई व्यक्त गर्नेछैन’, यातायात मन्त्रीले भनेका थिए ।

तर, मन्त्रीको व्यक्तिगत भावनामा आफू नबग्ने रोजीले बताएकी थिइन् । ‘म अझै पनि व्युटी क्विनको रूपमा परिचित हुँला, तर म लामो समयदेखि राजनीति र महिलाअधिकारका क्षेत्रमा कार्यरत छु’, महिलाअधिकारवादीसमेत रहेकी रोजीले मन्त्रीलाई जवाफ दिएकी थिइन् । – एजेन्सी

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: