Todays Nepal
No1 Nepal's Complete News Sites

म प्रधानमन्त्री हुनका लागिमात्रै भएको होइन, देशका लागि केही गर्न प्रधानमन्त्री भएको हुँः ओली

9,006

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित र स्वाभिमानलाई माथि उठाउने गरी काम गर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै ओलीले आफु जनताको इच्छा र चाहना पूरा गर्न प्रधानमन्त्री भएको बताए । ओलीले जनप्रतिनिधिहरुलाई जनचाहानालाई ध्यानमा राखेर काम गर्न समेत सुझाए ।

वाम गठबन्धन साझा एजेण्डाका साथ चुनावी तालमेल गरि दुई तिहाई नतिजा सिट जित्न सफल भएकाले ती एजेण्डाहरू पूरा गर्ने प्रतिबद्धता जनाए । ‘निर्वाचनको बेला गरिएको प्रतिवद्धतामा तलमाथि हुँदैन’ उनले भने । उनले भने ‘देशमा परिवर्तन ल्याउन प्रधानमन्त्री भएको हुँ । तपाईंहरुलाई साक्षी राखेर फेरि पनि बोल्नुपर्छ ।’ ओलीले नवनिर्वाचित सभामुख र सांसदहरुलाई बधाई ज्ञापन समेत गरेका छन् ।

विश्वासको मत माग्दै उनले भ्रष्टाचार नगर्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले भने भने, ‘म प्रधानमन्त्री हुनका लागिमात्रै भएको होइन, देशका लागि केही गर्न प्रधानमन्त्री भएको हुँ, भ्रष्टचार गर्दिन, भ्रष्टाचार हुन दिन्न ।’ प्रधानमन्त्रीले आफू विश्वासको मत लिएर दमनकारी शासक हुन नखोजेको पनि बताए । ‘दमनकारी शासक होइन, सुशासन दिने शासक हुन चाहन्छु,’ उनको भनाइ थियो, ‘सरकार विकासको अग्रणी हुन्छ, भ्रष्टाचार विरोधी हुन्छ, सदाचारको अभियन्ता हुन्छ ।’

लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई अंगीकार गर्दै, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, समावेशीता, समानुपातिक प्रतिनिधित्व र त्यसका लागि आवश्यक पर्ने कार्यहरु, आवधिक निर्वाचन, संवैधानिक प्रतिपक्ष, प्रतिपक्ष हुने अधिकारसहितको राजनीतिक प्रणाली स्थापना भएको प्रधानमन्त्रीको भनाइ थियो ।

फरक प्रसंगमा ओलीले कैलालीमा बोक्सीको आरोपमा एक किसोरीमाथि भएको निर्घात कुटपिटको भत्र्सना गरे । किशोरीमाथि जघन्य अपराध हुँदा समेत समाज रमिते भएकोमा उनले दुःख व्यक्त गरे । अब क्रान्तिको कुरा गरेर देश परिवर्तन नहुने उनले बताए । देश सत्ता पक्ष र प्रतिपक्षको मात्रै नभएर सत्ता पक्षलाई प्रतिपक्षले समेत सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: