Todays Nepal
No1 Nepal's Complete News Sites

बिस बर्षमा विदेशीलाई दान दिन सक्ने हैसियतमा नेपाललाई पुर्‍याउँछु: मन्त्री पण्डित

9,008

देशको संविधान ऐन-कानुन र नेपाली संविधानलाई बुझेर आफूलाई दिइएको जिम्मेवारीलाई इमान्दारीताका साथ निभाउने व्यक्ति हुँ। काम गर्दा बोल्न पर्छ तर बोली र व्यवहार दुवैलाई मिलाउनु पर्छ भन्ने मेरो मान्यता हो। सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा कुराकानी गर्दै जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले उक्त कुरा बताएका हुन्।

सामान्य प्रशासन मन्त्री हुँदा आफूले उठाएको सरकारी कर्मचारीले डिभी-पिआर लिन नपाउने मुद्धाको प्रारम्भमा केहि मानिस मात्र सकारात्मक र अरु सबै विरोधमा थिए।त्यतिबेला अमेरिकन र भारतीय राजदुतलाई आफ्नो एजेन्डा बुझाएको र हालका प्रधानमन्त्री केपी ओली समेत धेरैपछि मात्रै त्यो कुरामा सहमत भएको पण्डितले बताए।

नेपाललाई बनाउने र नेपालीलाई आत्मविश्वास पैदा गरेर निराशालाई चिर्दै अगाडी जाने हो।पण्डितले अगाडी भने-‘आफ्नो योजनामा मुलक जान सक्ने अवस्था आयो भने दश बर्षमा अरबमा रहेका सबै युवालाई फर्काउछु र बिस बर्षमा नेपालले विदेशीलाई दान दिन सक्ने ठाउँमा पुर्याउँछु। त्यो बेला नेपालले कुनैपनि विदेशीसँग एक रुपैया पनि दान लिने छैन र नेपाल दाता मुलुकमा रुपान्तरित हुन्छ भनेर भनेको हुँ।’

मागेर कहिल्यै समृद्धि हुँदैन,भागेर कहिल्यै समस्याको समाधान नहुने पण्डितको भनाई छ।

सरकारी कर्मचारीले विदेशी डिभी-पिआर लिन नपाउने मुद्धा उठेपछि अमेरिकी राजदूतले आफूसँगको भेटको लागी समय मागेको र छलफलमा भाग लिदाँ आफूले अमेरिकी प्रशासनको स्तरमा नेपालको प्रशासन देख्न चाहेको र त्यसमा आफूलाई साथ दिन आग्रह गरेको र साथ नदिए नेपाल आफै अगाडी बढ्ने कुरा राखेको पण्डितले उल्लेख गरे।

हेर्नुहोस् पण्डितसँगको कुराकानी

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: