Todays Nepal
No1 Nepal's Complete News Sites

हङकङलाई हराएर नेपालले राख्यो इज्जत : एकदिवसीय मान्यता पाउने सम्भावना

9,036

विश्वकप छनोटमा नेपालले हङकङमाथि ५ विकेटको जित निकालेर अन्तिममा देशको इज्जत बचाएको छ । सुपर सिक्समा पुग्न नसकेपछि नेपालले एक दिवसीय मान्यता पाउने सम्भावना जिवितै राखेको छ । साथै डिभिजन टूमा घटुवा हुनबाटपनि बच्ने सम्भावना छ । नेपालले हङकङलाई ठूलो अन्तरले हराउन नसकेपछि रन रेटको आधारमा अफगानिस्तान सुपर सिक्समा पुगेको छ । सुपर सिक्समा पुग्न नेपाललाई ठूलो अन्तरको जित चाहिएको थियो । त्यो नभएपनि नेपालले एकदिवसीय मान्यता पाउने र डिभिजन टूमा घटुवा हुनबाट बच्ने सम्भावना रहृयो ।

पहिलो जितसँगै नेपाल समूहको चौथो स्थानमा रहृयो भने हङकङ समूह बीको पुछारमा रहृयो । १५४ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात औषत रहृयो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले ४१ रनको साझेदारी गरे । अनिल २६ रनमा आउट भए । त्यसपछि लगातार तीन विकेट गुमायो ।
मल्ल १२, पारस ११ र दिपेन्द्र सिंह ऐरी १२ रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ६६ रन थियो ।

तर, रोहित र सोमपालले अविजित ८९ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । रोहित ४८ रनमा अविजित रहँदा सोमपालले नटआउट ३७ रन बनाए । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४८.२ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनायो ।

ओपनिर निजाकत खानले टिकेर देखेपनि अरु ब्याट्सम्यानले साथ दिन सकेनन् । बाबर हायात मात्र २० र अंशुमान रथ मात्र १ रनमा आउट भएका थिए ।

नेपालका सन्दिप लामिछानेले ३ विकेट लिए भने करण केसी र बसन्त रेग्मीले २–२ विकेट लिए । सोमपाल कामी र ललित नारायण राजवंशीले १–१ विकेट लिए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: