Todays Nepal
No1 Nepal's Complete News Sites

गतहप्ता ठूलो दुर्घटनाबाट जोगिएको थियो दुर्घटनाग्रस्त युएस बंगला विमान

9,070

बंगलबादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको छ। दुर्घटनामा ४६ जना यात्रुले ज्यान गुमाएका छन्।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान सोमबार दिउँसो सवा २ बजे त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा विमान पुर्णतया क्षतिग्रस्त भएको छ।

आज दुर्घटनामा परेको विमान एक हप्ताअघि पनि बंगलादेशको ढाकामा आकस्मिक अवतरण गर्नु परेको खुलासा भएको छ। आकस्मिक अवतरणपछि विमान ठूलो दुर्घटना हुनबाट जोगिएको थियो।

यो विमानले बंगलादेशकै जेसोरबाट ढाका जाँदै गर्दा आकस्मिक अवतरण गरको बंगलादेशी अनलाइन द डेली स्टारले जनाएको छ। त्यतिबेला आकस्मिक अवतरणपछि सुरक्षित रहेको विमान आज भने काठमाडौंमा सुरक्षित रहेन।

दुर्घटनाग्रस्त विमानमा ३३ नेपालीसहित ७१ यात्रु सवार थिए।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: