Todays Nepal
No1 Nepal's Complete News Sites

गगनलाई ओलीले भने : तिम्रो उमेर जति लोकतन्त्रको लागी लडेको छु

8,909

आइतबार संसदमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने क्रममा विपक्षी काँग्रेस सांसदहरु उनीविरुद्ध खनिए ।

कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता विजय गच्छदारले आधिकारिक धारणा राखिसकेपछि कांग्रेसकै अरू तीन सांसदले प्रधानमन्त्रीको प्रस्तावको पक्षमा बोल्ने मौका पाएका थिए । सांसद गगन थापाले संविधान संशोधनको कुरा गर्नु मात्र पनि राष्ट्रघात भन्ने एमालेले अहिले संशोधनको कुरा गरेको भन्दै व्यंग्य गरे ।

स्पष्ट बहुमत हुँदाहुँदै दुईतिहाइको समर्थन खोज्नुले ओली ‘तानाशाही’ बन्ने खतरा रहेको थापाले आरोप लगाए । वाम गठबन्धनको घोषणापत्र कार्यान्वयनका लागि अब दिनगन्ती सुरु भएको भन्दै उनले थपे, ‘घोषणापत्रको प्रतिबद्धता अब नगदमा चाहिन्छ, खनखन ।’

जवाफमा ओलीले कटाक्ष गरे । कांग्रेस युवा नेता गगनको उमेरजति आफूले लोकतन्त्रका लागि लडेको भन्दै लोकतन्त्र मास्ने कुनै पनि आशंका नगर्न आग्रह गरे । कार्यान्वयन गर्न नै चुनावी घोषणापत्र बनेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: