Todays Nepal
No1 Nepal's Complete News Sites

मृत्युअघि श्रीदेवीसँग भेटेकी बहिनी श्रीलता अहिलेसम्म बेपत्ता, कपुर परिवारले नै उनलाई लुक्न पठाइएको खुलासा

8,808

बलिउड अभिनेत्री श्रीदेवीको मृत्युको झण्डै ३ सातापछि उनको विषयमा सनसनीपूर्ण खुलासा भएको छ ।

उनकी बहिनी श्रीलतालाई दिदी श्रीदेवीको मृत्युको विषयमा चुप रहन भनिएको छ । उनी अहिलेसम्म बेपत्ता छिन् । उनलाई दिदीको मृत्युको विषयमा कुनै टिप्पणी नगर्न र क्यामेराको अगाडि नजान भनिएको छ । कपुर परिवारले नै उनलाई लुकेर बस्न भनेको बताइएको छ ।

श्रीलता ती सीमित व्यक्तिहरुमध्येमा पर्छिन जसले श्रीदेवीको मृत्युको ठिक अगाडि उनीसँग अन्तिम समय बिताएका थिए । मोहित मारवाहको विवाहपछि कपुर परिवार दुबइबाट फर्किएपछि मृत्युको २ दिनअघि श्रीदेवीले श्रीलतासँग भेटेकी थिइन् । ‘डेकन क्रनिकल’ पत्रिकामा छापिएको समाचारअनुसार श्रीलतालाई आफ्नी दिदीको मृत्युको बारेमा चुप रहन भनिएको छ । यस्तो के कारण गरिएको हो भन्ने खुलासा भने भएको छैन ।

कपुर परिवारले श्रीदेवीको चेन्नइमा रहेको बंगला श्रीलतालाई दिने वाला छ । श्रीदेवी र श्रीलताको सम्बन्ध निकै आत्मीय थियो तर १९९० को दशकमा सम्पत्तिको विषयमा यी दुईको सम्बन्ध बिग्रिएको थियो । २०१३ मा श्रीदेवीले पद्मश्री अवार्ड पाएपछि यो मनमुटाव सकिएको बताइएको थियो ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: