Todays Nepal
No1 Nepal's Complete News Sites

भाईरल गर्ल प्रियाको हातमा बलिउड फिल्म, यी हिरोसँग डेब्यू गर्दै…

8,889

आँखा सन्काएकै भरमा युवापुस्तामाझ तहल्का मच्चाउन सफल भएको थियो प्रिया प्रकाश वारियरको भिडियो ।

उनले आँखा सन्काएको भिडियो रिलिज हुनासाथ इन्टरनेटमा सनसनी मच्चीएको थियो । अहिले आएर उनको उक्त भिडियो उनका लागि बलिउडको ढोका खोल्न सफल भएको छ र उनको हातमा बलिउडको एउटा ठूलो व्यानरमा निर्माण हुन लागेको चलचित्र आएको छ ।

समाचारलाई आधार मान्ने हो भने उनले आँखा सन्काएको भिडियो भायरल हुनासाथ बिभिन्न चलचित्र निर्माताहरुले प्रियालाई फिल्म खेलिदिन अनुरोध गर्दै आएका छन् ।

उसो त हिन्दी चलचित्र ‘सिम्बा’ का सह निर्माता करण जोहर पनि प्रियालाई फिल्ममा लिन चाहान्थे । तर प्रियाले करणको अनुरोधलाई वास्ता गरेकी थिइनन् ।

तर अहिले रोहित शेट्टी ले निर्देशन गर्न लागेको हिन्दी चलचित्र ‘सिम्बा’ का लागि प्रियाले सहमति जनाएकी छन् । रणवीर कपुर प्रहरीको भुमिकामा देखिने उक्त चलचित्र यही वर्षको डिसेम्बर महिनाको २१ तारिखमा रिलिज हुनेछ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: