Todays Nepal
No1 Nepal's Complete News Sites

स्थगित भएको ’दबंग द टुर’ कार्यक्रम बैशाख २२ गते हुने पक्का

8,796

सुरक्षाका कारण स्थगित भएको ’दबंग द टुर’ कार्यक्रम बैशाख २२ मा हुने भएको छ । बलिउड अभिनेता सलमान खानसहितका कलाकार सहभागी हुने सो कार्यक्रम फागुन २६ का लागि तय गरिएको थियो ।

अहिले अवस्था शान्त बन्दै गएकाले कार्यक्रम बैशाख २२ का लागि निर्धारण गरिएको आयोजक ओडिसी इन्टरटेन्मेन्टका सीमान्त गुरुङले जानकारी दिनु भयो ।

पहिले सलमान खानको नेपाल भ्रमणका सम्बन्धमा सम्झौता गर्दा उल्लेख भएअनुसार नै कार्यक्रम सारिएको उहाँको भनाइ छ । काठमाडौको टुँडिखेलमा हुने भनिएको कार्यक्रममा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: