Todays Nepal
No1 Nepal's Complete News Sites

गिरिजाले राजा ज्ञानेन्द्रको नाकैमा औंला नै ठड्याउदै गणतन्त्रको पक्षमा यसरी चट्टान झैँ उभिए

राष्ट्रपतिको लागि मेरो चर्चा चलाएर अन्तिममा प्रचण्डले म माथि अन्याय गरे

8,868

नेपाल कम्युनिष्ट राजनीतिमा एक मुर्धन्य नाम हो अमिक शेरचन जसले ६२ /६३ को आन्दोलनमा ठुलो भूमिका खेलेका थिए । र यसपाली राष्ट्रपति हुने ब्यक्ति भन्दै बारम्बार प्रचण्डले लिएको एक नाम पनि हो शेरचन तर शेरचनलाई अघि नबढाएर प्रचण्डले वर्तमान राष्ट्रपतिलाई नै समर्थन गरे पछि प्रचण्डले आफु माथि अन्याय गरेको बताएका छन् । चितवनले राष्ट्रपति पायो भन्दै शेरचनलाई संकेत गरेका प्रचण्ड किन एका एक पछि हटे ?

जति बेला काठमाडौँको सडकमा आन्दोलन र शान्ति वार्ता चलिरहेको थियो, त्यो बेलाका सक्रिय नेता केहि समय यता सक्रिय राजनीति बाट पछि परेका छन् । नेकपा माओबादी केन्द्रका नेता, अमिक शेरचनले कम्युनिष्ट पार्टीको सदस्यता लिएको ६० वर्षको बिचमा पद र प्रतिष्ठा प्राप्तिको लागि कसैको चाकडी नगरेको बताए ।

उनले २ वर्ष अगाडी राष्ट्रपति बन्न आएको प्रस्ताव अस्वीकार गर्नुको कारण २०७० सालको निर्वाचन पूर्ण रुपमा धाधलिपूर्ण रहेको र कुनै रिमोट कन्ट्रोल बाट संचालित भएको खुलासा गरे ।

तत्कालिन राजा ज्ञानेन्द्रले दलका नेताहरुलाई संयुक्त भेटघाटमा बोलाउदा खेरि दरवारमा शेरबहादुर देउवालाई देखेर गिरिजा कसरी ज्ञानेन्द्रसंग रिसाउदै आफ्नु हात नै ज्ञानेन्द्रको नाक कै छेउमा लगेर औला तेर्साएर उफ्रिएको घटनालाई पनि बडो रमाइलो पारामा ब्याख्या गरेका छन् अमिक शेरचनले ।

नेपालको अहिलेको सक्रिय राजनीतिलाई उनले कसरी हेरिरहेका छन् र उनको निष्क्रियताको कारण के हो ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता प्रकाश गिरीले नेकपा माओबादी केन्द्रका नेता, अमिक शेरचनसँग गरेको कुराकानी हेर्नुहोस् :

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: